जानकारी तथा सुचना !!!

Organization

आदरणीय  शेयरधनी महानुभावहरु,

सर्वप्रथम रिडी ग्रुप लिमिटेडले कम्पनि रजिष्टारको कार्यलयवाट २०७५ असोज ७ गते कारोवार अनुमतिपत्र प्राप्त गरी काम शुरु गरिसकेको जानकारी गराउँदछौं । यसै क्रममा पूर्वी नेपालको प्रसिद्ध पर्यटकीय स्थल नाम्जे, धनकुटामा रिसोर्ट व्यवसाय गर्ने हेतुले ६ रोपनी जग्गा कम्पनिको नाममा खरिद गरिएको छ र रिसोर्ट परियोजना तयार हुदैछ ।

त्यसैगरी ७ वटै प्रदेशमा पर्यटन, होटल रेष्टुरेण्ट, रिसोर्ट, कलेज लगाएतका व्यवसायिक परियोजनाको संभाव्यता अध्ययन भइरहेको छ । यीमध्ये पनि राजधानी काठमाडौंमा यथाशीघ्र व्यवसाय संचालन गर्ने गरि प्राथमिकताका साथ काम अगाडी बढिरहेकोछ । तसर्थ, संस्थापक शेयरधनीहरुमध्ये जसले आफुले कबुल गरेको पहिलो किस्ता शेयर रकम कम्पनिको खातामा जम्मा गर्न बाँकी छ, उहाँहरुलाई यही पौष मसान्तसम्म जम्मा गरी कम्पनिमा ाजानकारी गराउनुहुन अनुरोध छ । तोकिएको समयभित्र सो शेयर रकम जम्मा गर्न नसके कम्पनिको कार्यलय त्रिपुरेश्वरमा स्वयम् उपस्थित भई शेयर जफतको निवेदन पेश गर्नुपर्नेछ ।

त्यसैगरी कम्पनिको संस्थापक शेयर समूहअन्तरगत आवद्ध हुन इच्छुक महानुभावहरुलाई पनि शेयर आवेदन खुलिसकेको सहर्ष जानकारी गराउँदछौ ।

विस्तृत जानकारीको लागि
——————————
रिडी ग्रुप लिमिटेड
त्रिपुरेश्वर काठमाडौं
फोन नं। ०१४११७२०७

info@ridigroup.com.np
ridigroups@gmail.com

United World Trade Center
2nd Floor, Tripureswor

+977-01-5917207