कोभिड १९ महामारी सम्वन्धमा अध्यक्षको सन्देश

Health

आदरणीय शेयरधनी महानुभावहरु, हामी यतिवेला कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी महामारीको चपेटामा परेका छौं । यो महामारीले हाम्रो सामाजिक, आर्थिक र व्यवसायिक जीवनलाई नराम्रोसंग प्रभाव पारेको छ । हाम्रा दैनिक जीवनका बानी–व्यवहार र अभ्यासहरुलाई समेत नियन्त्रित गरेको छ । साथै कोरोना भाइरस कहिलेसम्म कसरी नियन्त्रणमा आउँछ र हामीले पहिले जस्तै सामान्य जीवन विताउन पाउँछौं भन्नेवारे अझैपनि अगाडीका दिनहरु अनिश्चित छन् । कोरोना भाइरसको महामारीले रिडी ग्रुपको योजना मुताविकका कामहरुलाई पनि प्रभाव पारेको जानकारी गराउन चाहन्छु । कम्पनीका संचालकहरु सवै घरमै बसेर महामारीवाट बच्ने र अवको बदलिदो परिस्थितिमा कम्पनीलाई कसरी अगाडी बढाउने भनेर सोच्दैछौं । अवका दिनमा कम्पनीले लिएको ‘समृद्धिका लागि उत्पादनमुखी उद्यमशीलता’ को सोंच अझ सान्दर्भिक हुदै गएको छ । त्यसैले, अहिलेको अवस्था सामान्य भए लगत्तै कम्पनीका कामहरु सुचारु गर्नेछौ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु । तसर्थ, रिडी ग्रुप लिमिटेड, संचालक समितिको तर्फवाट सम्पूर्ण शेयरधनी महानुभावहरुलाई नआत्तिन, सचेत रहन, घरमै बस्न र नेपाल सरकारले लागू गरेको लकडाउन अनुशासितपूर्वक पालना गरी कोरोना भाइरस महामारीलाई परास्त गर्न हार्दिक अनुरोध गर्दछु । नववर्ष २०७७ सालको हार्दिक शुभकामना ।

मान बहादुर वुढा (अध्यक्ष), 

संचालक समिति ०३ चैत २०७७ (१५ अप्रिल २०२०)

info@ridigroup.com.np
ridigroups@gmail.com

United World Trade Center
2nd Floor, Tripureswor

+977-01-5917207